कविता : गुरु 

अनलाइन दर्पण 2018-02-04
img

  जिज्ञासा कायष्ठ

सभ्यताको मार्गमा हिडाँउने हामिलाई तपाई देवता समान ।

ज्ञानको ज्योति फैलाई सँसारमा उज्यालो छर्ने तपाँई कति महान ।

विद्यार्थीको सङ्घर्षलाइ तपाईले लाफ्नो सरह ठान्नु हुन्छ ।

विद्यार्थीको सफलतामा पनि आफु सफल भएको मान्नु हुन्छ ।

तपाईको कारण भयो हाम्रो विद्यार्थी जिवनको कल्याण ।

जति शब्द भने पनि कम छन् गर्न तपाइको बयान ।

क ख ग घ बाटै गराउनु भयो हाम्रो जिबनको सुरु ।

आफ्नो जिवन हाम्रो लागी गर्नु भयो अर्पण, त्यसैले धन्यवाद छ गुरु ।

जिज्ञासा कायष्ठ, कक्षा ९, नबरत्न अंग्रेजी माध्यमिक विद्यालय, ठिमी भक्तपुर

सम्बन्धित समाचार