तीर्थयात्री बोकेको जीप सुनकोशी नदीमा खस्यो, ६ को मृत्यु, एक बेपत्ता

अनलाइन दर्पण 2016-12-18
img

काठमाडौं, ३ पुस  ।  काठमाडौंबाट खोटाङको हलेसी तर्फ जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको निधन भएको छ । बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो भने एक जना नदीमा वेपत्ता भएका छन् । थप दुई जना घाइते भएको सिन्धुली प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

अनियन्त्रित भएर नदीमा खसेको सो गाडीमा  चालक सहित नौ जना यात्रुहरु रहेका थिए । गाडी नदीमा डुबेको अवस्थामा देखा परेको थियो । गाडी सडकबाट दुई सय मिटर तल नदीमा खसेको हो । घाइते दुई जनानै शख्त रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement