विश्व उल्टो मोटरसाईल यात्री एबं दर्पणकर्मी कार्की सम्मानित

अनलाइन दर्पण 2016-12-19
img

गाईघाट। साहसिक र वीरता बिधामा ‘राष्ट्रिय युवा सम्मान २०७३’ प्राप्त गर्न सफल विश्व उल्टो मोटरसाईल यात्री एबं अनलाइन दर्पणकर्मी  चित्रकुमार कार्की  गृह जिल्ला उदयपुरमा सम्मानित भएका छन् । 
जिल्लास्थित मानवअधिकारबादी बिभिन्न गैर सरकारी संस्थाहरुले उनलाई  सम्मान  गरेको हो। 

सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा साहसिक युवा व्यक्तित्व २०७३ का रुपमा सम्मानित भइ देश तथा जिल्लाकै पहिचान बनाउन सफल भएको भन्दै सम्मानित गरिएको आयोजक संस्था मानवअधिकार प्रतिष्ठान उदयपुरका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए ।

सम्बन्धित समाचार

Advertisement