लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

अनलाइन दर्पण 2018-05-08
img

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । 

चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । 

 पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार

Advertisement