श्रीमतीको हत्या गरेर भागेका माझी पक्राउ

अनलाइन दर्पण 2018-06-13
img

भक्तपुर, ३१  जेठ।   श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई जेठ ३० गते  प्रहरीले पक्राउ गरेको छ । 

भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए । 

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो । यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए  । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् । 

सम्बन्धित समाचार

Advertisement