दशैंको टिका बहिष्कार गरेका कम्युनिष्ट प्रधानमन्त्री द्वारा पूराण उद्घाटन ः सर्बसाधारण द्वारा आलोचना

अनलाइन दर्पण 2017-02-19
img

काठमाडौ, ८ फागुन । हिन्दू धर्मालम्बीको ठूलो चाँड दशैंमा टिका बहिष्कार गरेर परिवर्तनकारी अर्थात खाटी कम्युनिष्ट हुँ भन्ने देखाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टर चार्टर गरेरै सप्ताह पुराणको उद्घाटन गर्न गएपछि उनको आलोचना सुरु भएको छ ।

आइतबार सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटन गर्न  हेलिकप्टर  चढेर गएपछि उनको आलोचना सुरु भएको हो ।


सर्वसाधारणले विरामी पर्दा एम्बुलेन्स नपाइरहेको अवस्थामा  देशका प्रधानमन्त्री हेलिकप्टरमा सयर गरेको भन्दै सर्वसाधारणदेखि विपक्षी दलका नेतासम्मले उनको आलोचना गरेका  छन् । कम्युनिष्ट नेता दशैंको  टिका बहिष्कार गर्ने अनि पूराण उद्घाटन गर्न हेलिकप्टर चढेर  जाने भन्दै प्रश्न गरिरहेका छन् ।

एमाले स्थायी समिति सदस्य एवं पूर्व सञ्चार मन्त्री शंकर पोखरेलले दशैंको टिका बहिष्कार गर्ने प्रधानमन्त्री हेलिकप्टर चार्टर गरेरै सप्ताह पूराण उद्घाटन गर्न गएको कुरामा विश्वास गर्नै नसकिएको बताए । ‘दशैं टिका बहिष्कार गर्ने प्रधानमन्त्री प्रचण्डजी पूराणमा जानुभयो रे! मलाई त विश्वासै गर्न गाह्रो भो,’ पोखरेलले भने ।

 प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दै अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका  प्रचण्डको  प्रतिबद्धता मुखमै सिमित भयो । कार्यान्वयनमा आएन । समय कटाउनकै लागि मात्र प्रधानमन्त्री पद सम्हालेको जसरी प्रचण्ड कहिले रोल्पा, कहिले रुकुम त कहिले सिरहा गरी कार्यक्रम उद्घाटनमै व्यस्त रहेका छन्  । 

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उद्घाटनमा रमाउन थालेका छन् ।

संविधान कार्यान्वयनका लागि चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम बढेको छ ।

सम्बन्धित समाचार

Advertisement