‘बिर्सनै नहुने कृष्णप्रसाद’ सार्वजनिक

अनलाइन दर्पण 2018-07-10
img

काठमाडौं, असार २६ गते । गोरखापत्रका प्रधान सम्पादक, साहित्यकार निर्मलकुमार आचार्यको नयाँ कृति ‘बिर्सनै नहुने कृष्णप्रसाद’ सोमबार सार्वजनिक गरिएको छ । 

‘बिर्सनै नहुने कृष्णप्रसाद’मा सातसाल पूर्वका निर्वाचित जनप्रतिनिधि, जमानाका पुस्तक व्यवसायी तथा प्रकाशक, राणाकालदेखिकै कानून व्यवसायी, सय वर्ष अघिका प्रहरी कृष्णप्रसाद आचार्यका व्यक्तित्व तथा कृतित्वका सम्बन्धमा प्रकाश पारिएको छ । 

कृष्णप्रसाद आचार्य (१९५१–२०४५)को जीवनीमूलक कृति भए तापनि तत्कालीन राजनीति, न्याय, प्रहरी, प्रकाशन, विज्ञापन लगायतका विभिन्न ऐतिहासिक सन्दर्भ यसमा रहेका छन् । तत्कालीन इतिहास चियाउन कृतिले सहयोग पु¥याउने बताइएको छ । 

लेखक आचार्यका यसअघि प्रथम नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन÷सहलेखन), सांस्कृतिक सेरोफेरो, मनको ओखती (गीतसङ्ग्रह), १०१ प्रथम नेपाली महिला (पूरकखण्ड), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला र सांस्कृतिक सौरभ (सहसम्पादन) कृति प्रकाशित छन् । 

लेखक आचार्य गोरखापत्र पत्रकारिता पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, ‘कुलदीप’ उपाधि, मातृभूमि साहित्य सम्मान आदिबाट पुरस्कृत हुनुहुन्छ ।

सम्बन्धित समाचार