फेसबुक चलाऊन नपाएको झोकमा एक १५ बर्षीय युवतीले आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे डाँडा पोखरी शान्ति मा.वि मा कक्षा १० मा अध्यनरत सुनिता थापाले आज बिहान झुन्डिएर आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्ने सुनिता थापाकि आमा आज इन्डिया जाने क्रममा फेसबुक चल्ने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।
अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ ।
अर्घाखाँची जिल्लामा झुण्डिएर आत्महत्या गर्ने हरुको संख्या बढ्दो क्रम देखिएको र समय मै आत्महत्या रोकथाम का उपायहरु अपनाउन सकिएन् भने यसले भयानक रुप लिने संकेत देखिएको छ ।