आयो फास्ट चल्ने Wifi जस्तै Lifi

अनलाइन दर्पण 2018-07-23
img

सामान्यतया: इन्टरनेट प्रयोगका लागि वाईफाई प्रविधि सबैभन्दा लोकप्रिय र विश्वसनीय मानिन्छ ।

वाइफाईको पूरा रुप वायरलेस फिडेलिटी हो यसमा सीमित क्षेत्रभित्र बिना तार रेडियो तरङ्गको माध्यमबाट सुचना संजालको निर्माण गरिन्छ । यसलाई वायरलेस अडप्टरका माध्यमबाट स्थानान्तरित गरिन्छ । त्यस्तो अडप्टरलाई राउटर भनिन्छ ।

यसमा ताररहित डाटालाई २.४ देखि ५.० गिगाहर्जको आवृत्तिमा स्थानान्तरित गर्ने गरिन्छ । यसलाई वर्तमान समयमा सबैभन्दा विश्वसनीय र किफायती डाटा स्थानान्तरण प्रविधिका रूपमा लिइएको छ ।

तर अब इन्टरनेट र डाटा ट्रान्सफरको दुनियामा नयाँ प्रविधिले प्रवेश पाउने भएको छ जुन वाइफाई भन्दा कयौं गुणा शक्तिशाली र किफायती हुने विश्वास गरिएको छ ।

लाइफाई (Li-Fi) नाम दिइएको उक्त प्रविधिमा प्रकाशका माध्यमले डाटा ट्रान्सफर गरिन्छ । लाइफाईको पूरा रुप लाइट फिडेलिटी हो । यसको पहिलो पटक प्रयोग २०११ मा जर्मनीमा भएको थियो । इन्टरनेटको क्षेत्रमा यसलाई क्रान्ति मानिएको भए पनि हालसम्म यसको व्यवसायिक प्रयोग भने हुन थालेको छैन ।

वाइफाईले डाटा स्थानान्तर्नाका लागि रेडियो तरङ्गहरूको प्रयोग गर्ने गर्दछ तर लाइफाईमा भने त्यसको साटो प्रकाश तरंगहरूको प्रयोग गरिन्छ जसका कारण यसको पहुँच असीमित हुने देखिन्छ ।

कसरी कम गर्ने गर्दछ लाइफाई ?

यसमा इन्टरनेट संकेतहरू स्थानान्तरण गर्नका लागि प्रकाशको प्रयोग हुने गर्दछ र यसका लागि यसको ट्रान्समिटरमा रहेको एलइडी चिम प्रति सेकेन्ड लाखौं पटकका दरले टिमटिम गर्ने गर्दछ । यो बल्ने र निभ्ने गति नाङ्गा आँखाले ठम्याउन नसक्ने भएकाले सामान्य रूपमा हेर्दा उक्त चिम बलिरहेको मात्र देखिनेछ तर वास्तवमा त्यो छिटोछिटो बल्ने र निभ्ने गर्दछ ।

के छन् यस प्रविधिका विशेषता ?

सुरक्षित

यसको सबैभन्दा प्रमुख फाइदा भनेको  अनधिकृत इन्टरनेट प्रयोगबाट बचाउनु हो ।  इन्टरनेट संकेत उक्त एलइडी चिम लगाएको ठाउँमा मात्र आउने भएकाले अरूले इन्टरनेट चोर्ने सम्भावना रहँदैन र इन्टरनेट स्लो हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

छिटो-छरितो

यसको अर्को विशेषता भएंको हो यसको गति ।  लाइफाईको गति वाइफाईको भन्दा धेरै बढी हुने भएकाले यसमा इन्टरनेट समेत छिटो चल्ने गर्दछ । यसका लागि लाइफाई डंगल भने आवश्यक पर्नेछ किनभने हालसम्म उपलब्ध डिभाइसहरूमा लाइफाई अडप्टर राखिएको हुँदैन ।

पर्यावरण मैत्री

लाइफाईको अर्को विशेषता भनेको यो पर्यावरण मैत्री हुनु हो । वाइफाई प्रविशिमा रेडियो संकेतहरूको प्रयोग हुने भएकाले यो मानव, जीवजन्तु एवम् समग्र पर्यावरणका लागि जोखिमपूर्ण मानिन्छ जबकि लाइफाई प्रकाश तरङ्गको प्रयोग गर्ने भएकाले योतुलनात्मक रूपमा सुरक्षित मानिन्छ । त्यसैले यसलाई हरित प्रविधि (ग्रीन टेक्निक) पनि भनिएको छ ।

अहिले तुलनात्मक रूपमा केही महँगो पर्ने भएकाले यो प्रविधि वाइफाईभन्दा केही कम लोकप्रिय रहेको छ । यसका निम्ति घरभित्र एलइडी प्रकाशको व्यवस्था गर्नु पर्ने भएकाले यस्तो भएको हो तर निकट भविष्यमा नै यो प्रविधि इन्टरनेट प्रयोगकर्ताको चासोको विषय बन्न जाने प्राविधिकहरू बताउँछन् ।

सम्बन्धित समाचार

Advertisement