राेदन केसी
म र मेरो एनड्रोइड
लाग्छ जिन्दगी एनड्रोइड भयो
टुटि वाला samsung देखि nokia 1100 हुँदै
lollypop marshmallow nougat 7.1.1
अब त verson 8.0 oreo पो भयो
हो साच्चै जिन्दगी एनड्रोइड भयो
एन्टिबायोटिक जस्तै भय चार्जर र रिचार्ज कार्ड
कति जोड्नु कति कोट्याउनु
android dumper ले wife कति तोड्नु
कहिले ic जल्ने कहिले display फुट्ने
कहिले p.d.a touch नहुने कहिले नेटवर्क टुट्ने
hard reset factory reset कति गर्नु
google account बिना एक छिन मान्दैन
कहिले pattern माग्छ कहिले finger print
हो साच्चै जिन्दगी एनड्रोइड भयो
play store मा कति कति application हरु
64 gb पनि low storage space भन्छ
2 g 3g हुँदै 4g को जमाना आयो
खोइ आकासबाणी कहाँ गयो
टेलिफोन बुथ धाउने यो जिन्दगी
आज साच्चै एनड्रोइड भयो
बिरामी भै रहन्छ अचेल मेरो एनड्रोइड
म जस्तै भाको छ अचेल मेरो एनड्रोइड
उ hang हुन्छ मेरो टाउको दुख्छ
call sms tweet commentआउदैन
मलाइ डिप्रेसन ले सताउछ
एक घन्टा गोजि मा भयेन भने
vibration को झझल्को आउँछ
घडी क्यामेरा खोइ कता गयो
हो साच्चै जिन्दगी एनड्रोइड भयो
processor मुटु भा छ
नेट्वोर्क धड्कन जस्तै छ
flex सायद आन्द्रा होला
battery त kidney नै भयो
हो साच्चै जिन्दगी एनड्रोइड भयो
तर पनि फरक त छ उ र म मा
मेरो एनड्रोइड restart हुन्छ
येदि साच्चै जिन्दगि एनड्रोइड हुन्थ्यो भने
सायेद म पनि restart हुन्थे .......
मेरो पनि version हुन्थ्यो
मलाइ पनि hot gun ले मेरा पार्ट पुर्जा
निकाल्ने र iron ले जोड्ने गर्थे होला
software परिवर्तन हुन्थे होला
सायेद पानी मा डुबेर आत्म हत्या गर्दा
म पनि welcome भन्दै restat हुन्थे होला
-राेदन केसी