काठमाडौं । सत्तारुढ गठबंधन दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्र निकट बिध्यार्थी संगठन ने• बि • संघ र अखिल क्रान्तिकारीले देशभरका विभिन्न क्याम्पसमा तालाबन्दी र आगजनी गरेपछि फागुन १८ गतेका लागि तोकिएको स्ववियू निर्वाचन हुने नहुने मा अन्यौतला बढीरहेको बेला केही क्याम्पसमा भने निर्वाचन परिणाम आउन थालेको छ ।
आइतबारसम्म ९ वटा क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुले अध्यक्ष पदमा बिजयी हाँसिल गरेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । प्राप्त जानकारी अनुसार ९ अध्यक्षमध्ये तीन जना महिला छन् ।
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– महेशप्रसाद भट्ट, अध्यक्ष
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– रामबहादुर खत्री, अध्यक्ष
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– नवीन बस्याल, अध्यक्ष
४) रथबरदेव क्याम्पस, बझाङ– पूजा कार्की, अध्यक्ष
५) शान्ति क्याम्पस, बझाङ– डम्बर सिंह, अध्यक्ष
६)आदर्श बहुमुखी क्याम्पस, धादिङ– रुपक गिरी, अध्यक्ष
७) हनुमन्तेश्वर क्याम्पस, दोलखा– सन्तोष दाहाल, अध्यक्ष
८) खोटाङ क्याम्पस, खोटाङ– सन्तोषी फुयाँल, अध्यक्ष
९) कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक, सुनीता तामाङ, अध्यक्ष
यसैबीच काठमाडौं कुलेश्वर क्याम्पस र बाल्मिकी क्याम्पसमा पनि अनेरास्ववियुको मात्रै उमेदवारी परेको छ ।