सिन्धुपाल्चोकमा महिला सम्मेलन सम्पन्न

अनलाइन दर्पण 2018-09-05
img

सिन्धुपाल्चोक । ग्रामिण महिला सिर्जनशील परिवारको आयोजनामा महिला सम्मेलन सम्पन्न भएकाे छ ।

सम्मेलनमा जिल्लाका सबै स्थानीय तहहरु (३ वटा नगरपालिका ९ वटा गाउँपालिका) का उपप्रमुखहरु, जिल्ला समन्वय समितिको उपप्रमुख, महिला सदस्यहरु, भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाको निर्वाचित ७ वटा वडाका महिला सदस्यहरु र ग्रामीण महिला सिर्जनशील परिवारको सदस्यहरुको सहभागितामा सम्पन्न भएको हाे ।

उक्त सम्मेलनले सिन्धुपाल्चोक जिल्लामा मानव बेचविखन दासत्व र ब्यावसायिक बाल यौन शोषण अन्त्यको लागि आगामी वर्षहरुमा गरिनुपर्ने कार्यसुचि सहित ५ बुँदे घोषणा पत्र समेत जारी गरिएको छ ।

१. सबै स्थानीय तहहरुको हालको भौतिक पुर्वाधारको निर्माण र विकासलाई केन्द्रित गरि त्यो मात्र विकास हो भन्ने सोच सबैमा रहेको पाइन्छ । यो सोचलाई परिवर्तन गरि मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिने,

२. जिल्लालाई २ वर्ष भित्र बाल बिवाह र बाल श्रम शून्य बनाउन प्रयास गर्ने,

३. मानव बेचविख, व्यवसायिक यौन शोषण र दासत्वको अन्त्य र बाल अधिकार संरक्षणको लागि सबै स्थानीय तहले निरोध का कार्यक्रमहरु तर्जुमा गर्ने,

४. बाल संरक्षण, लैंगिक हिंसाको सम्बेधन र लैगिंकताका सवालहरु बारे स्थानीय सरकारका प्रमुखहरु एवं सबै वडाका वडा अध्यक्षहरुका सबै टोलीलाई अवधारणागत स्पष्टताका लागि आवश्यक अभिमुखीकरण तालिम गोष्ठीहरु सञ्चालन गर्ने,

५.लै‍गिक हिंसाका प्रभावितहरुको लागि सबैलाई पायक पर्ने स्थानमा सरकारी तथा गैर सरकारी क्षेत्रको साझेदारितामा संरक्षण तथा सुरक्षित आवास गृहहरु स्थापना र सञ्चालन गर्ने ।

सम्बन्धित समाचार

Advertisement