रडले हानेर हजुरबुबाको हत्यापछि दुई नातिनीले गरे आत्मसमर्पण

अनलाइन दर्पण 2018-09-13
img

रामेछाप, २८ भदौ । रामेछापको रामेछाप नगरपालिका वडा नं. ७ मुडाजोरमा एक वृद्धको हत्या भएको छ । विहिबार विहान ७ बजेतिर रामेछाप ७ मुडाजोरका ६१ वर्षिय ढालबहादुर श्रेष्ठको हत्या भएको हो ।

स्थानिय १८ बर्षिय सुस्मिता श्रेष्ठ र उनकी बहिनी १३ बर्षिय दालकुमारी श्रेष्ठले नातामा आफ्नै हजुरबुबा पर्नेको रडले हानेर हत्या गरेको भन्दै उनीहरुले रामेछाप प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।

घटना विहानैै  घटेकाे भएपनि श्रेष्ठ दिदीबहिनीले प्रहरी समक्ष आत्मा समर्पण गरेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

६१ बर्षको बृद्ध भएर पनि बानी व्यहोरा ठिक नभएकै कारण आफुहरुले हत्या गरेको उनीहरुले प्रहरी समक्ष बताएका छन् ।

हत्याको पुष्टि भएको भन्दै हत्या किन र के कारणले भयो भन्ने बारेमा अनुसन्धान भई रहेको रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिंहल जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको  बताएको छ ।

सम्बन्धित समाचार

Advertisement