काठमाडौं । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानको रहेको छ भने थोकर फिल्मस् प्रा.लिको पोष्ट प्रडक्सनमा उक्त गीत बजारमा आएको छ ।
सार्वजनिक भएको गीतको भिडियोमा काभ्रेको नवोवुद्दका मनोरम दृष्यावलोकन गर्न सकन्छि भने गीत सङस् नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
गायक लामा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहदै आउनुभएको छ ।