भक्तपुर, ४ चैत । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले आगामी बैशाख ३१ गते हुने भनिएको निर्वाचन कसैले चाहेर पनि कुनै हालतमा रोक्न नसक्सने बताएका छन् ।
सुर्यबिनायकस्थित रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचनको माहोलले पूर्णता पाउने हुँदा सबै निर्वाचमा केन्द्रित भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नरोकिने बताएका हुन् ।
मोर्चाको बिरोध जारी रहेता पनि सहमतीमा आउने वातारबरण अझै रहेको भन्दै यदित त्यसो नभए पनि स्थानिय तहको निर्वाचन नसर्ने उनको भनाई छ ।
मोर्चाबीना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भन्दै मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्नेमा कार्कीले जोड दिए । उनले भने- "स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै निर्वाचन तोकिएकै मितिमा हुने र यसका लागि राजनीतिक चहलपहल समेत बनिसकेको छ "।