पक्कै अब बोल्छ नेपाली

अनलाइन दर्पण 2019-07-30
img

  बबिना श्रेष्ठ

गरे आखिर
के सम्भव छैन र यहाँ
इच्छाशक्ति, जोस, जाँगर र
प्रोत्साहनरूपी पुरस्कार दिँदै
विकासको अभाव सबैमा खड्किए
पक्कै अब बोल्छ नेपाल ।
 
पाइला पाइलाको सम्भावना चिन्दै
रमेश प्रसाईँ, शृङ्खला खतिवडाका अतिरिक्त
“म गर्न सक्छु” को
उदाहरणीय व्यक्तित्व तपाईँ हामी भए
पक्कै अब बोल्छ नेपाल ।
 
एकता, स्वतन्त्रता, भ्रातृत्व
कार्यवाहक नीतिनियम अगाडि बढाउँदै
हामी सबैमा फूलको आँखामा फूलै संसार भए
पक्कै अब बोल्छ नेपाल ।
 
गिनिज बक अफ बल्र्ड रेकर्डले
लेख्न नभ्याए पनि
दुल्लुदेखि विजयपुरसम्मको
हाम्रो स्वर्गको सांस्कृतिक सम्पदाहरू चिन्दै
बाह्र धर्म १२५ जातको विविधतालाई एक सूत्रमा बाँधे
पक्कै अब बोल्छ नेपाल ।
 
साक्षात स्वर्गको रसास्वादन गरी
सगरमाथा, केचनाकेवल, फेवा ताल, ह्यातुङ झरना
स्वर्गीय पीयूषसँग डुबुल्की मार्न सके
पक्कै अब बोल्छ नेपाल ।

सम्बन्धित समाचार