भक्तपुर, ७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले तोकिएकै समयमा तीनै तहकोे निर्वाचनको हुने बताएका छन् ।नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोईरालाको सातौं स्मृती दिवसको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले चुनावतर्फ देश अग्रसर भईसकेकाले अव चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै राजनीतिक दलहरुको सहमतिमै तोकिएको समयमा निर्वाचन हुने बताए ।
उनले तोकिएकै मितिमा निष्पक्ष र धाँधली रहित स्थानिय तहको चुनाव हुनेमा शंका नगर्न आग्रह गर्दै आफनो कार्यकर्तालाई चुनावका तयारीमा लाग्न निर्देशन दिए ।