सुर्खेत । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित कलाकारहरुकाे संयुक्त प्रस्तुति ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक सुकदेव अधिकारी र गायिका मेलिना राईको स्वर रहेको उक्त गितमा रुद्र जिएमको लय तथा शब्दमा रहेको छ ।
वर्तमान ट्रेन्डअनुसार तयारी गरिएको उक्त गीतमा सुर्खेतका युवा समाजसेवी लोकेस खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।
गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् । नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।