दोलखा । दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गत न्यायिक समिति मार्फत गत आव मा ५० वटा विवाद टुंगीएका छन् । क्षेत्राधिकार भित्र रहेर स्थानीय न्यायिक समितिमा आउने गरेका विवाद लाई कतिपय मेलमिलाप र कतिपय लाइ फैसलाकै माध्यमबाट किनारा लगाईको हो ।
बढिजसो घरायसी झैझगडा सम्बन्धी विवाद लिएर महिलाहरु आउने गरेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक उर्मिला खड्का (के.सी.)ले जानकारी दिनुभयो ।
खड्काका अनुसार चालु आ.वको पनि सुरुवाती ३ महिनामा ६,७ वटा विवाद दर्ता भएका छन् भने जसमध्य १ वटा फैसलाको माध्यमबाट टुंग्याइएको र अन्य विवाद पनि प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विवाद हरु दर्ता प्रक्रियासम्म नआइपुग्दै पनि तत्कालिल विवादित स्थान सम्म पुगि मिलापत्र गराएका छौँ ”गाउँपालिका भित्र विवाद बाट कुनै पनि नराम्रो घटनाको रुप लिन नदिइ शान्ति कायम गर्नु हाम्रो लक्ष्य हो ।
वढिजसो लागुपदार्थ सेवनका कारण विवादहरु आउने गरेकाले मदिरा नियन्त्रणमा गाउँपालिकाले पनि विभिन्न जनचेतनाका कार्यक्रम गरेको उपाध्यक्ष खड्काले बताउनुभयो । विवादहरु न्यायिक समिति सम्म ल्याउने जनचेतनाका लागि तग वर्ष प्रत्यक वडामा न्यायमा पहँुच अभिबृद्धि कार्यक्रम संचालन गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।
सामान्य किसीमका मुद्दामामिला,जग्गा जमिन,अंशबन्डा ,साँध विवाद जस्ता क्षेत्राधिकार भित्रका विवाद निरुपन गर्न न्यायिक समितिलाइ संविधानको धारा २१७ मा व्यवस्था छ ।