नयाँ शक्तिबाट निष्काशितहरुले आज आज भक्तपुरमा समान्नातर राष्ट्रिय भेला गर्दै

अनलाइन दर्पण 2017-03-28
img

 

भक्तपुर, १६ चैत । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानिय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँग सहकार्य गर्ने भएपछि रुष्टहरुले समानान्तर कमिटी गठन गरेका छन । 

समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा. बाबुरामले मधेशी मोर्चाका एजेण्डा बोक्ने र जातिय क्षेत्रिय राज्यलाई पहिलो प्राथामिकता दिँदै भारतसँग नझुकि नेपालमा केही गर्न नसक्ने डा. बाबुरामकोे कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण आफूहरुलाई नयाँ शक्तिबाट निकालिएको बताउनु भयो।

उहाँले नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला आज   भक्तपुरमा आयोजना गर्न लागेको बताउनु भयो ।  राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने बताउनु भयो ।

उहाँले आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिनु भयो ।

सम्बन्धित समाचार

Advertisement