यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

अनलाइन दर्पण 2020-06-04
img

काठमाडौं, २२ जेठ ।  मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ । 
 
यसैगरी, हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । 
 
यस्तै, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहनेछ । 

भने, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङसहित  वर्षाको  सम्भावना रहेको छ ।

त्यस्तै, राति सुदूरपश्चिक प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। भने सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भूभागका एक,दुई स्थानहरुमा  मेघगर्जन, चट्याङसहित  वर्षाको  सम्भावना रहेको छ । 

सम्बन्धित समाचार

Advertisement