उम्मेदवार बन्न श्रीमानसँग सम्बन्ध विच्छेद !

अनलाइन दर्पण 2017-04-20
img

विराटनगर, ७ बैशाख ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा  वडा सदस्यको उम्मदेवार बन्नका लागि एक महिलाले आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेद नै गरेकी छन् ।   विराटनगर उपमहानगरपालिका ११ कि  ३६ वर्षीया रिंकुदेवी परियारले यस्तो निर्णय गरेकी हुन् ।

रिंकुदेवीले गत आइतबार मात्रै श्रीमानसंग सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत मोरङले जनाएको छ । सम्बन्ध विच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट बाबुको नाममा नागरिकता समेत  लिएकी छिन् । उनी एमालेको दलित कोटाबाट वडा सदस्यमा दलित महिला कोटामा उम्मेदवार बन्ने भएपछि रिंकुले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी हुन् । सम्बन्ध विच्छेदपछि एमालेले उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

यसअघि श्रीमानको नामबाट बनाएको नागरिकतामा उनको थर सरदार थारु भएकाले त्यसबाट उनी दलित कोटामा उम्मदेवार बन्ने सम्भावना दिएन । साथै श्रीमानले ११ वर्षअघि कान्छी श्रीमती ल्याएपछि उनी दुई छोराछोरीका साथ एक्लै बस्दै आएकी थिइन् ।

श्रीमानको नामबाट लिएको नागरिकता उमेद्धवार बन्न बाधक बन्ने भएपछि विकल्पका रुपमा सम्बन्ध विच्छेदलाई रोजेको रिंकु बताउँछिन् ।

१८ वर्षअघि स्थानीय सवदनारयण सरदार थारुसंग परियारले प्रेम विवाह गरेकी थिइन् ।

सम्बन्धित समाचार

Advertisement