काठमाण्डाै, १२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीकाे राजधानीमा स्थानिय चुनाव विराेधी सभा शान्तिवाटिकामा सम्पन्न भएकाे छ । सभालार्इ सम्वाेधन गर्दै नेकपाका स्थाई कमिटी सदस्य एबम जनसरकार प्रमुख कम्रेड सन्ताेष बुढा मगरले नेकपाकाे शान्तिपूर्ण जनसभाहरुमा दमन गर्ने हाे भने दलाल संसदिय प्रणालीकाे मतियारहरु गाँउपालिका तथा नगरपालिकाका अध्यक्ष तथा मेयरहरुलार्इ नेपाल कम्युनिष्ट पार्टीले तेतिकै नछाड्ने चेतावनी समेत दिनुभयाे ।
मगरले सम्विधानमा उल्लेख भएकाे माैलिक हक विपरित नेपाल कम्युनिष्ट पार्टीकाे शान्तिपूर्ण सभाहरुलार्इ सरकारले प्रहरि प्रशासनलार्इ गलत ढंगबाट प्रयाेग गरि हस्तक्षप तथा दमन गरेकाे अाक्राेस व्यक्त गर्नुभएकाे छ ।
स्थानिय चुनाव विराेधी सभालार्इ नेकपाका थाइ कमिटि सदस्य कम्रेड धर्मेन्द्र बास्ताेला कञ्चन, कम्रेड हेमन्त प्रकाश वली शुदर्शन, सन्ताेष बुढा मगर तथा पाेलिट व्युराे सदस्य उमा भुजेल शिलु लगाएतले सम्वाेधन गर्नु भएकाे थियाे भने केन्द्रिय सदस्य मार्इला लामाले सञ्चालन गर्नुभएकाे थियाे ।
सभामा काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्ला वासिहरुकाे भव्य उपस्थिति रहेकाे थियाे ।