नेकपाले राष्ट्रकाे निम्ति याेगदान पुर्याउने कलाकारहरुलार्इ अाज सम्मान गर्दै

अनलाइन दर्पण 2017-04-26
img

काठमाण्डाै, १३  बैशाख ।नेपाल कम्युनिष्ट पार्टीले अाज काठमाण्डाैकाे जमल स्थित राष्ट्रिय नाचघरमा राष्ट्रकाे निम्ति याेगदान पुर्याउने कलाकारहरुलार्इ नगत पुरस्कार र कदर पत्रका साथ सम्मान गर्ने भएकाे छ । 

राष्ट्रकाे निम्ति याेगदान पुर्याउने कलाकारहरु राष्ट्रकाे गहना भएकाे तर राज्यले कुनै वास्ता नगरेकाे भन्दै कलाकारहरुलार्इ जुनसुकै पार्टी विशेषकाे भएपनि सम्मानित गर्न लागिएकाे नेकपा काठमाण्डाैले जनाएकाे छ ।

सम्मान कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीकाे महासचिव क विप्लवकाे प्रमु्ख अातिथ्यमा हुने कुरा पनि नेकपा काठमाण्डाैले जनाएकाे छ ।

सम्बन्धित समाचार