“समुदायको लागि २ घण्टा” अभियानअन्तर्गत १२९औं हप्तामा रक्तदान, सरसफाइ तथा डष्टबिन वितरण कार्यक्रम सम्पन्न

अनलाइन दर्पण 2025-10-18
img

चाँगुनारायण नगरपालिका–२ द्वारा सञ्चालित “समुदायको लागि २ घण्टा” अभियानअन्तर्गत १२९औं हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा रक्तदान, सरसफाइ तथा डष्टबिन वितरणसँगै शुभदिपावली ०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो।

अभियानका संयोजक तथा वडा नं.२ का वडाध्यक्ष सोमप्रसाद प्रधानका अनुसार कार्यक्रम असल छिमेकी आवास समाजको सहआयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सो समाजका अध्यक्ष गोविन्द कार्कीले स्वागत मन्तव्य दिए भने २१ पाउण्ड रगत संकलन गरिएको थियो। साथै वडाले असल छिमेकी आवास समाजलाई आवश्यक संख्यामा डष्टबिन समेत वितरण गरेको जानकारी दिइयो।

कार्यक्रमको सञ्चालन अभियानका परिकल्पनाकार तथा प्राज्ञ आदर्श समाजका अध्यक्ष नवराज काफ्लेले गरेका थिए। कार्यक्रममा चाँगुनारायण–२ का निवर्तमान वडाध्यक्ष शिवहरि केसी, जनप्रतिनिधि उमेश प्रधान, प्रेम खत्री, पूर्व जनप्रतिनिधि मोहन पौडेल, प्रहरी प्रभाग दुवाकोट, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, वडाभित्रका विद्यालय, नेप्सेम्याक, विभिन्न टोल सुधार समितिका प्रतिनिधि लगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

Advertisement