यस्तो छ, सरकारले सिन्धुपाल्चोकका ३ नगर र ९ गाँउपालिकाको लागी विनियोजन गरेको बजेट

अनलाइन दर्पण 2017-05-31
img

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष ०७४/०७५ को बजेटमा सिन्धुपाल्चोक जिल्लाका लागी ३ अर्व २३ करोड ५६ लाख ३६ हजार बजेट विनियोजन भएको छ ।

सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो पटक संघीय मोडेलमा प्रस्तुत गरेको बजेटमा जिल्लाका ३ नगरपालिका र ९ गाँउपालिकाका लागी सो बजेट विनियोजन भएको हो ।

जसअनुसार चौतारा सागाचोकगढी नगरपालिकाका लागी सबैभन्दा धेरै ४६करोड ३५ लाख ६४ हजार छुट्टाईएको छ भने सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाको लागी १८ करोड ३५ लाख ७८ हजार विनियोजन भएको छ ।

सिन्धुपाल्चोकमा नेपाल सरकारले छुटाएकाे बजेट

स्थानीय निकाय बजेट 
चौतारा नगरपालिका  ४६,३५,६४,०००
मेलम्ची नगरपालिका  ४३,३५,७६,०००
बाह्रबिसे नगरपालिका  २६,६७,९५,०००
ईन्द्रावती गाउँपालिका ३०,५५,४५,०००
जुगल गाउँपालिका  २५,६२,९८,०००
त्रिपूरा सुन्दरी गाउँपालिका १८,३५,७८,०००
पाँचपोखरी थाङ्पालधाप गाउँपालिका २४,७२,४१,०००
बलेफी गाउँपालिका २०,७१,८४,०००
भोटेकोसी गाउँपालिका  १९,७७,२३,०००
लिसङ्खुपाखर गाउँपलिका २०,१९,८९,०००
सुनकोसी गाउँपालिका २२,९५,४२,०००
हेलम्बु गाउँपालिका २४,२६,१०,०००

सम्बन्धित समाचार

Advertisement