काठमाडौं, ३२ साउन। बैंकमा पैसा राखेर आफ्नो पैसा सुरक्षित छ भनेर ढुक्क नहुनुहोस अबदेखी आफ्नो बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसालाई निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समयसमयमा आफ्नो बैंक खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुनेछैन ।
बैंकमा पैसा जम्मा गरेको १० वर्षसम्म खाता चल्तीमा नआएमा वा कसैले पनि हकदाबी नगरेको खण्डमा सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
२० वर्षसम्म खाताको पैसा बुझ्न नगएमा त्यस्तो खाताको रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्नेछ ।