नेपाली सिनेमा जगतमा कुनै चलचित्र सफल भएकाे खण्डमा नया नामकाे सट्टा साेही नाम मा २ थपेर नया चलचित्र निर्माण गर्ने गरेकाे पाइन्छ ।
यस्तै दिपक राज गिरीकाे लगानीमा निर्मित चलचित्र 'छक्का पन्जा' सफल सावित भए सँगै नामकाे पछाडी २ थपेर वनेकाे प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
पहिलो गीत ‘नाइलनको साडी’ले औषत समिक्षा पाइरहेको समयमा यो गीत प्रतिक्षित बनेको थियो ।
गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।
गीतमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य यो भिडियोमा हेर्न पाइनेछ ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
भिडियाे हेर्नुहाेस