धनुषा, ५ असोज। धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत विजयी भएका छन । राउतले २ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामअशिष महतोले २ हजार १ सय ९६ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत प्राप्त गरी विजयी भइन । उनको प्रतिस्पर्धी कांग्रेसकै जनारसी देवीले २ हजार १ सय ९७ मत प्राप्त गरिन ।