सर्लाही, ५ असोज। सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम नेपाल विजयी भएको छ । विष्णु गाउँपालिकामा विजयी भएसगैं लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा जितको खाता खोलेको छ ।
गाउँपालिका प्रमुखमा लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मत प्राप्त गरी विजयी भएका हुन् ।