चुनाव हारेपछि एक उम्मेद्वारले गरे आत्महत्या

अनलाइन दर्पण 2017-09-21
img

सिरहा, ५ असाेज । २ नम्बर प्रदेशमा असोज २ गचे भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीदेव सिंह दनुवारले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले  दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बाट  वडा अध्यक्ष पदमा  चुनाव हारेपछी उम्मेदवार श्रीदेव सिंह दनुवारले बिहिवार आत्महत्या गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement