दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये ११३ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक भएको छ । २३ स्थानकाे मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएको ११३ स्थानमध्ये ३४ स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो स्थानमा छ ।
यसैगरी, संघीय समाजवादी फोरमले २१, राजपा २० र माओवादी केन्द्रले १९ तह जितेका छन् । एमालेले १३ स्थानीय तह जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले दुई र नयाँ शक्तिले एक तहमा विजयी हासिल गरेको छ ।