१ सय ३१ तहको मतपरिणाम सार्वजनिक

अनलाइन दर्पण 2017-09-24
img

काठमाडौं। दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक भएको छ ।   ५ स्थानकाे मतपरिणाम आउन बाँकी छ । मतपरिणाम सार्वजनिक भएको १३१  स्थानमध्ये नेपाली काँग्रेसले सर्वाधिक ३८ स्थानीय तह जितेर  नेपाली कांग्रेस पहिलो स्थानमा छ भने १ स्थानमा आग्रता लिएको छ। 

यसैगरी, संघीय समाजवादी फोरमले २५ बटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ भने १ स्थानमा अग्रता रहेको छ।  २४  स्थानीय तह जितेर राजपा तेस्राे, २१  स्थानीय तह जितेर माओवादी केन्द्र चाैंथाे र  १७ स्थानीय तह जितेर एमाले  पाचाैं स्थानमा छ भने नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १  स्थानीय तहमा विजयी हासिल गरेको छ ।

 

सम्बन्धित समाचार

Advertisement