विवेकशील साझा पार्टीले काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारी दिने

अनलाइन दर्पण 2017-10-10
img

काठमाडौं,२४ असोज। विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । प्रवक्ता सुर्यराज आचार्यले उम्मेदवार चयनबारे पार्टीमा छलफल चलिरहेको बताए ।

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतलाई अघि सारेको छ । यो क्षेत्रमा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई उम्मेदवार बन्ने तयारीमा छन् ।

‘हामी उपत्यकाका सबै क्षेत्रमा उम्मेदवारी दिन्छौं,’ आचार्यले भने, ‘पात्र चयन हुन बाँकी छ ।’अरु क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी रहेको प्रवक्ता आचार्यले बताए । अरु पार्टीको सदस्य नभएको तर उम्मेदवार बन्न चाहनेहरुसँग छलफल भइरहेकाले उम्मेदवार टुंगो लगाउन केही ढिलाई भएको आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

Advertisement