एमाले-माओवादीको संयुक्त निर्वाचन घोषणापत्र मस्यौदाः एउटै नारा, लक्ष्य समाजवाद

अनलाइन दर्पण 2017-10-14
img

काठमाडौं, २९ असोज। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा भारतीय नाकाबन्दीविरुद्ध बोल्दा समुद्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने बताएका थिए। एमाले र माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने कुरा उल्लेख गरेका छन्।

भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै नेपाली ध्वजाबाहक पानीजहाज सञ्चाल गरिने कुरा दुवै पार्टीका नेता सम्मिलित कार्यदलले तयार पारेको घोषणा पत्र मस्यौदामा छ।

दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ । मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन सउमितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Advertisement