शिखर शुज क्रेजी सेल्समा १० देखि ५० प्रतिशतसम्म छुट

अनलाइन दर्पण 2017-12-15
img

काठमाडौ, २९ मंसिर । २० वर्षअघि स्थापित कम्पनी शिखर शुज हालसम्म आइपुग्दा एक परिचित एवं लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । हालसम्म आइपुग्दा शिखर शुज,कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा महत्वपुर्ण सेयर हिस्सा ओगटेको छ ।

कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याउँदै आएको छ । कम्पनीले भृकुटी मण्डपमा भएको ‘क्रेजी मेला’को अपार सफलता पछि अब छुटेका ग्राहकहरुलाइ ध्यानमा राखी यसपटक आफ्नो विभिन्न शोरुमहरुमा शिखर क्रेजी सेल्स” योजना ल्याएको छ । 

कम्पनीले लिवाश इन्टरप्राइजेज–गोगंबु, बौद्ध शु सेन्टर– बौद्ध, द बानेश्वर शु सेन्टर–बानेश्वर, मनकामना शु एण्ड फेन्सी–न्युरोड, किर्तीपुर शु सेन्टर– किर्तीपुर, बनेपा शु सेन्टर– बनेपा, स्पन्दन इन्टरप्राइजेज– सामाखुशी, शिखर शु सेन्टर–खिचापोखरी, न्यु भोटाहिटि शु सेन्टर– भोटाहिटि, कोसेली हाउस– भोटाहिटि, पाटन शु सेन्टर–पाटन, शिखर शोरुम– जोरपाटी, बानेश्वर शु एण्ड ब्याग हाउस– न्यु बानेश्वर, शिखर शु हाउस(पुरानो)–विराटनगर, शिखर शु हाउस(नयाँ)–विराटनगर, शिखर शु सेन्टर–दमौली, नेपालगञ्ज शु सेन्टर– नेपालगञ्ज जस्ता शोरुमहरुमा योजना ल्याएको छ ।

शिखर क्रेजी सेल्स, मंसीर २८ गतेबाट सिमित अवधिसम्म चल्ने कम्पनीले जनाएको छ । उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशत सम्मकोे छुट पाइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको जुत्ता एवं जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरु उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता तथा चप्पलहरु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरु जस्तै भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

ग्राहकहरुको लागी सस्तो र शुलभ मूल्यमा जुत्ता तथा चप्पलहरु उपलब्ध गराउने उद्देश्यले क्रेजी सेल्स आयोजना गरीएको कुरा कम्पनीले जनाएको छ ।   न्यूजसेवाबाट

सम्बन्धित समाचार