उद्धवप्रसाद प्याकुरेल
कालो कादम्बिनी कड्कँदै । काग कावाकासाथ का का कराउँदै । कोइलीको कुहु कुहु कणर््ाप्रिय । केटाकेटी कवाजमा कुदाकुद । कठ्याङ्ग्रीएको कानकुच्चे काँइला कोठाको कार्पेटमा कुक्रुक्क । काइली काइलासँगै कार्पेटमा काइयोले कालो कपाल कोरीबाटी । काइली कुरौटे र कामुक कुराकानीमा कटबिच्छी ।
कानकुच्चे काइलीले कहिले कोठेबारीकी कुमारी कान्छीका कुटिनीका कुरा कहिन् । कहिले कोलडाँडाका कामदेवका कामुक कुरा कहिन् । कहिले कैलासपुरकी कप्तान्नी कान्छीको कामरुपको कुरा कहिन् ।
कानकुच्चे काइलीका कुराले कानकुच्चे काइलाका कायामा काउकुती । कानकुच्चे काइलोको कायाकल्प । कानकुच्चे काइला के कम कहिले कामुक कथा कविता कहे, कहिले काष्टमण्डपका कलाकृती कहे ।
“काका.... काकी....!” केटाकेटी कौलास्दै कवाजको कुदाकुदबाट काइला र काइलीका कोठामा । काइला र काइलीका कामुक कुराकानी कचमचिए ।
केटाकेटीले काइला काइलीसँग किताब, कलम र कापीको कविता कहे । केरा, करेलाका, कथा कहे । केटाकेटीको कविता र कथा कहानीले काइला र काइलीको कनसिरीमा कमाल । केटाकेटीले कहेको केराको कथामा केराखेतीको कायदा र कारोबारका कुरा । काइलीको करबलमा कान्लेबारीमा केराखेती ।
कमिज माथि कछाढ कसेका कानकुच्चे काइलाको काँधमा केराको कोथो । कुसेत्रो कम्बरमा कसेकी कानकुच्चे काइलीको कलत्रमाथिको कुम्लोमा कम्पोष्ट । कानकुच्चे काइला र काईली कान्लेबारीको केराखेतीमा कस्सिए ।
“क्या कमाल केराको कथा” केटाकेटीले कहे ।
खड्गबहादुर खड्गीले खाटमा बसेर ख्वाङ्ख्वाङ्ती खोके र खल्तीको खट्टे खाजा खाँदै, खुट्टा खन्ड्याङ खन्ड्याङ् खोच्याउँदै खसीलाई खन्यु खसाल्न खुर्पेटोको खुर्पा खैंचिई खुरुखरु खरबारीतिर खुइँकिए । खड्गको खुट्टा खडन्याङ् खडन्याङ्को खसखसचाहिँ खसीलाई खोरकालागि खाँवो खसाल्न खट्खटे खोल्सामा खुइँकिए । खड्ग खोल्साको खट्खटे खुट्कीलाबाट खारामखुरुम खुर्मुरिए । खड्गको खुट्टामा खल्खल्ती खुन । खड्गको खुट्टामा खति ।
खड्गको खुलदुली खसीलाई खन्यु र खुराक खुवाएर खँदिलो खाइलाग्दोपछि खर्चिने । खड्गकी खस्मिनी खड्गिनीको खसखस खन्चुवा खसीलाई खनखाँचोमा खर्चिने । खाना खानेबेलामा खड्गकी खस्मिनी खड्गिनीको खटपट । खसी खर्चनेनिम्ती खुव खैलाबैला । खड्गिनीका खसी खर्चने खसखसले खड्ग खुसाएनन् । खरबारीमा खन्यु खसालुनजेल खड्गको खुसी खट्कियो । खड्गले खरबारीको खन्यु खटाखट खट्खटे खोल्सामा खसाले र खोकिलोभरे । खड्ग खरखर्ती खसीका खोरतिर खुइँकिए ।
खड्ग खरबारीतिर खुइँकिनासाथ खोलापरीको खुन्तुरे खत्री खड्गको खसीको खोरतिर खुइँखुइँ खुइँकिए । खड्गिनी खसीलाई खुराक खुवाउँदै । खन्तुरे खुस्खुसाउन खप्पिस । खड्गिनी र खन्तुरे खुस्खुसाए । खड्गिनी खन्तुरेलाई खसी खर्चिन खुसामत ।
खड्गिनीले खड्गलाई खसी खर्चन खड्गसँग खुस्खुसाइन् तर खड्ग खुसाएनन् । खड्गिनीले खड्को खप्की खाइन् । खड्ग र खड्गीको खट्पट खप्टियो ।
खड्गिनीले खसीलाई खुराक खुवाइनन् । खसीको खुरमा खोरेत । खसीका खुरसुर खुइलिए । खसी खच्कियो । खच्किएको खसी खस्यो ।
खड्गिनी खड्गसँग खनखनाइ खोकिन “खायौकि ? खन्तुरेलाई खसी खर्चिएनौ खसी खस्यो । खिस्रियका खड्गले खुइ खुइ खाँदै खोके, “खसी खस्नुमा खसम र खस्मिनीको खटपट ।”
गैरी गाउँका गजानन्द गर्तौला गोधुलीमा गाइने गीत गुनगुनाउँदै गलामा गलबन्दी गुथेर गाई गोठ गए । गाईगोठमा गाजली र गुनेली गाई । गजानन्द गोठमा गएपछि गाजली र गुनेलीले ग्वाँ ग्वाँ गरे । गोठमा गजगजी गोबर र गहुँत । गाईका गोडाभरि गजङ्गजङ् गीलो गोवर । गजानन्द गर्तौला गम्भिरकासाथ गिजलिएको गोवर र गहँुतमा गहिरिए । गजानन्द गाईको गोबर गोठमुनि गजधम्याउन गहुकाए । गाईले गजगजी गोवर गहुँतमा गोब्रयायो गौंत्यायो । गाइछेऊ गएका गजानन्दका गन्जी, गाला, गर्धन र गोडामा गोवर गहुँत । गजानन्दले गन्देमुख गरे ।
गजानन्द गजक्क गज्केर गाउनमाथि गम्सा गुथेर गहतको गट्टे गुजुल्ट्याउँदै गरेकी गौमतीनेर गए । गजानन्दको गाला गर्धन र गतिलो गोलगन्जीभरिको गोवरमा गौमती गहिरिइन् र गनगनाउँदै गल्ल गरी गिज्याइन् । गजानन्दलाई गौंथलीले गुँडबाटै गिज्यायो ।
गौमती गाईगोठमा गइन् । गाजली र गुनेलीका गजगजी गहुँत गोबर गोठमुनि गोँचमा गजधम्याइन् । गाजली र गुनेलीलाई गेठुले र गहतको गट्टे गर्मक्याइन । गाजली र गुनेली गौमतीसँग गदगदाए ।
गजानन्द गोरसकालागि गोठ गए । गाजली गाइ गर्जिएर गोडाले गजानन्दलाई गोद्नसम्म गोदी । गडबडाएका गजानन्दका गहभरिए । गौरक्षक गौमती गोठ गईन् ।
गोधुलीमा गगन गड्गडाएर गर्जियो । गजानन्द गौरेटोनजिक गुन्द्रीमा गुन्टाभित्र गुपचुप गुटुमुटिए । गौमतीले गीत गुनगुनाउँदै गहत गुदगुदाइन् । गुन्टाभित्र गुपचुप गुटमुटिएका गजानन्द गौमतीको गुनगुन गीतमा गहिरिए । गजानन्द गौमतीसँग गाईको गोरसबारे गफिए । गहत गद्किएर गलक्क । गजानन्दको गाँसमा गहत । गौमतीका गाँसमा गहत र गोरस ।
गजानन्द गोरसमा गहिरिए । गोरसले गजानन्दलाई गिज्यायो ।
घट्टुरामले घैलाको घनरस घुटुघुटु घुट्क्याए र घरबाट घुर्मैलो घामपानीमा घुमभित्र घुस्रिएर घुमौरो घोडेटो घुम्दै घट्ेटेपाखाको घैयाबारीतिर घुँइकिए । घट्टेपाखामा घट्टेकुलो । घट्टुरामको घोडदौड घुइँक्याई । घुम्ती घोडेटोमा घुस्यान । घट्टुराम घुस्यानमा घिस्रिएर घट्टेखोलाको घारीमा घोप्टिए । घट्टुरामाको घुम घलघलाईरहेको घट्टेखोलामा । घट्टुरामको घुँडा र घुच्चुकमा घोचाले घोचेर घाऊ । घट्टुराम घारीमा घुस्रिएर घुक्कघुक्क घुक्किए । घुँक्कघुँक्क घुक्एिका घट्टुराम घारीमै घोत्लिए । घोत्लिँदा घोत्लिँदै घट्टुराम घारीभित्रै घ्वाँरघ्वाँर घुरे ।
घुच्चुकमा घुम्तो घुमाई घरगाउँ घुसघुसाउँदै घुमक्कड घट्टुरामकी घरबुढी घैयाकुमारी घरतिर घुइँकिन । घरदैलो घच्घच्याउँदै घँचेडिन् र घरभित्र घुसिन् । घट्टेरोटीमा घैंटाको घिऊ घुलुलु घुल्क्याईन र घट्टेरोटीमा घसिन् । घिउघसेको घट्टेरोटी घुम्तोमा घुसारिन् ।” घुमभित्र घुसारीएको घुम्तोको घट्टेरोटी घैयाकुमारीको घित्रोमाथि । घैयाकुमारी घैयाबारीतिर घुइकिइन् ।
घैयाकुमारी घैयाबारी घुइकिँदा घुइकिँदै घोडेटोमुनि घारीमा घुरघुर, घट्टेखोलामा घुम । घैयाकुमारी घोडेटोमुनि घारीमा घटेको घटनामा घोरिइन् । घैयाकुमारी घोडेटोमुनिको घारीमा घस्रिइन् र घट्टुरामलाई घच्घच्याइन् । घैयाकुमारीले घट्टुरामको घुँडा र घुच्चुकको घाउमा घोडताप्पे्र घोटेर घसिदिइन् । घटटुराम र घैयाकुमारी घैयाबारी घुइँकिए ।
घट्टुराम र घैयाकुमारी घमाइलो घैयाबारीमा घरीघरी घुमेर घोरिए । घैयाका घुँघुर्किएछन् । घुँघुर्किएको घैया घोरल र घोडाले घसेउटिएछन् । घैया घुँघुर्किएर घुसेउटिएकोमा घैयाकुमारी र घट्टुरामको घम्साघम्सी । घैयाबारीसगैको घट्टबाट घटेराले घनरस घुट्क्याउँदै घैयाकुमारी र घट्टुरामको घम्साघस्सीमा घोरिए ।
घैयाका घसेउटामाथि घच्चिएर घट्टुराम र घैयाकुमारीले घिउ घसेको घट्टेरोटी घैंट्याए । घमाईलो घाममा घनस्याम घेरिए । घनघोर घनरस घोप्टियो । घैयाकुमारीले घित्रोमा घुम्तो घुमाएर घेरिन् ।
घैयाकुमारी घुमभित्र घुस्रिइन् । घट्टुराम घैयाकुमारीको घुम्तोभित्र घुस्रिए । घोरल र घोडा घुँघँुर्किएका घैयामा घुमेर घुस्यौट्याए ।