५२ बर्षमा प्रवेश गरे बलिउड सुपरस्टार सलमान, किन गरे बर्थ डे पार्टीमा मिडियालाई निषेध

अनलाइन दर्पण 2017-12-27
img

बलिउडका सुपरस्टार नायक सलमान खान आजदेखि ५२ वर्षमा प्रवेश गरेका छन् ।खानले यसपालि  आफ्नै फार्म हाउस् पनवेल फार्म हाउसमा वर्थ डे सेलिव्रेट गरिरहेका छन् ।

उनले बर्थ डे पार्टीका बारेमा मिडियालाई प्रवेश नदिने योजना बनाएका छन् । यस कार्यक्रममा सलमानका पारिवारिक सदस्यहरु बुबा सलिम खान, आमा, आइहरु अराबाज र सोहेललगायत मात्रै सहभागी हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बुधवार बिहानै सलमान आफ्नी प्रेमिका युलिया वन्तुरसँगै घरवाट निस्किएको केहि मिडियाको दावी छ । त्यसो त अघिल्लो दिन बहिनी अर्पिताको घरमा रहेको क्रिसमस पार्टीमा पनि उनीहरु सँगै उपस्थित भएका थिए ।

अघिल्लो वर्ष पनि सलमानले यहि फार्म हाउसमा जन्मदिन मनाएका थिए । सलमानका नजिकका मित्र साजिद नाडियडवालाले पनि सलमानले आफ्नै फार्महाउसमा बर्थडे मनाउन लागेको उल्लेख गरेका छन् ।

बर्थडे पार्टीमा उनले कट्रिना कैफलाई विषेश निम्तो गरेका छन् । उनकी पूर्व बुहारी मलाइका अरोरा र मलाइकाकी बहिनी अमृता पनि कार्यक्रममा सहभागी हुनेछन् ।

 

सम्बन्धित समाचार