शौचालयभित्र जलेर एकको मृत्यु

अनलाइन दर्पण 2018-01-08
img

जुम्ला,२४ पुस। जुम्लाकाे चन्दननाथ नगरपालिका–४ मालाभिडका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शौचालय वरिपरि राखेको दाउरा र सुकेको खरमा आज बिहान आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियाे ।

आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्यायनै रहेको स्थानीयले बताए । 

प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याइएको बताएको छ । 

आगलागी भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

Advertisement