राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन हुँदै

अनलाइन दर्पण 2021-03-31
img

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते  रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ। कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहल भित्र सम्पन्न हुनेछ। सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मूल नारा ू गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं१ संघियताको खारेज गरौं११ भ्रष्टाचारको विरुद्ध संघर्ष  गरौ१११ू भन्ने रहेको छ। सम्मेलनमा राजनीतिक प्रतिवेदन ,घोषणापत्र, विधान संशोधन र समसामयिक राजनीतिक प्रस्तावहरु प्रस्तुत र पारित हुनेछन् ।

सम्मेलनले नयाँ केन्द्रीय समितिको पनि चयन गर्ने छ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेजहरु को तयारी , प्रतिनिधिहरूको चयन , सम्मेलन सफल पार्नका लागि विभिन्न समितिहरु गठन तथा व्यवस्थापन सम्बन्धी कार्यहरू अन्तिम चरणमा पुगेको राष्ट्रिय जनमोर्चा बाग्मती प्रदेश सचिव एवम् भक्तपुर जिल्ला अध्यक्ष शिवहरि खनालले जानकारी दिनुभयो।

राष्ट्रिय जनमोर्चा देश र जनताको पक्षमा सही निर्णय लिने र तिनको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्ने राजनैतिक पार्टी हो । पार्टीले देशका राष्ट्रिय आन्दोलनहरुमा एकल र आवश्यक पर्दा  संयुक्त रुपमा संघर्ष गर्दै आएको छ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि देशका सबै क्षेत्रका जनसमुदायको सहयोग र समर्थनको लागि आह्वान गरेकाे छ।

सम्बन्धित समाचार

Advertisement