एमालेको प्रमुख सचेतकलाई हराउदै खोटाङमा रामकुमार राई (पासाङ) को ह्याट्रिक

अनलाइन दर्पण 2022-11-25
img

  अनलाईन दर्पन खोटाङ

खोटाङ जिल्ला प्रतिनिधि सभा सदस्य पदमा राम कुमार राई (पासाङ) ले २६६९ मतअन्तरका साथ विजयी हुनु भएको छ । नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रहेका राईले ३१,३५१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेको विशाल भट्टराईले २८,६८२ मत प्राप्त गर्नु भएको थियो । 

रामकुमार राई पासाङको यो तेस्रो जित हो । राईले २०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र क बाट पहिलो जित हासिल गर्दै पहिलो संविधान सभा सदस्य बन्नु भएको थियो भने २०७४ सालको निर्वाचनमा प्रदेश १ को प्रदेश सभा सदस्यमा खोटाङ क्षेत्र ख बाट निर्वाचित हुनु भएको थियो । 

राईको स्वच्छ छवि, विकास प्रेमी र इमान्दारीता नै  जितको मुख्य विशेषता हो ।

सम्बन्धित समाचार

Advertisement