सवारी दुर्घटनामा एकै नगरपालिकाका दुई वडाध्यक्षको मृत्यु

अनलाइन दर्पण 2018-02-19
img

चितवन।  सवारी दुर्घटनामा परी एकै नगरपालिकाका २ वडाध्यक्षको मृत्यु भएको छ।

पूर्वी चितवनको रत्ननगर–३ स्थित शान्ति चोकमा आइतबार राति भएको सडक दुर्घटनामा खैरहनी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र अधिकारी र वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको हो।

राति साढे ८ बजेको समयमा खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको पिकअप भ्यानले टिपरलाई उछिन्न खोज्दा विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडीलाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। दुर्घटनामा खैरहनी नगरपालिकाको गाडीका चालक खैरहनी १२ का राजकुमार अधिकारी पनि गम्भीर घाइते भएका छन्। उनको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

वडा नम्बर ५ का वडाध्यक्ष बस्नेतको गएराति र वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र अधिकारीको आज बिहान १०ः३० बजे मृत्यु भएको हो।

दुवै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

 

 

 

सम्बन्धित समाचार

Advertisement