केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री :प्रचण्ड

अनलाइन दर्पण 2018-02-20
img

चितवन, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री भएको बताएका छन् ।  

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने निर्णयसहित प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरे लगत्तै मंगलबार बिहान गृह जिल्ला चितवन आएका पूर्वप्रधानमन्त्री दाहालले ओलापालो प्रधानमन्त्रीको ‘भद्र सहमति’बारे यस्तो जवाफ दिएका हुन् । 

प्रधानमन्त्रीमा आलोपालो गर्ने विषय बारे महाधिवेशनले नै टुङ्ग्याउने बताएका छन् । एमाले र माओवादीको एकता गरेर डेढ, दुई वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको उनले बताए । प्रचण्डले भने, महाधिवेशनका लागि ५ वर्ष कुर्ने समय छैन । डेढ/दुई वर्षमा महाधिवेशन गर्छौ । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ ।’ 

५ वर्षका लागि नै केपी ओली  प्रधानमन्त्री हो भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने , ‘ अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री । महाधिवेशनले अर्को निर्णय गरेछ भने मैले भन्न सक्दिन ।’
दुई शीर्ष नेताले पालैपालो सरकारको नेतृत्व गर्ने चर्चा चले पनि सात बुँदे सहमतिमा यस विषयमा कुनै उल्लेख गरिएको छैन ।

महाधिवेशनसम्म पार्टी अध्यक्ष दुईजना नै रहने उनले बताए ।

सम्बन्धित समाचार

Advertisement