पानीको मुहान सुक्दा सुनकोशीवासी खोलाको पानी खान बाध्य

अनलाइन दर्पण 2018-04-10
img

भूकम्पका कारण पानीको मुहान सुक्दा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ सितलपाटीका स्थानियबासीहरु समस्यामा परेका छन् । पानीको मुहान सुकेपछि अहिले त्यस ठाउँका स्थानियबासिन्दा खोलाको पानी खान बाध्य रहेको स्थानिय झमक बहादुर कार्कीले बताए ।

भूकम्पले पानीको मुहान सुकेपछि खोलाको पानी खाइरहेका सितलपाटीबासी पानी परेसंगै खोलामा धमिलो पानी आउन थालेपछि थप समस्यामा परेका छन् । धमिलो पानीले रोगको जोखिम पनि उत्तिकै बढाएको स्थानिय गिता कार्कीले बताइन । भूकम्पपछि बढेको खानेपानीको समस्याका कारण आफूहरुको दैनिकी पानीको जोह गर्दैमा बित्ने गरेको सितलपाटीबासीले गुनासो गरेका छन् ।

भूकम्पका कारण सितलपाटीमा मात्र हैन जिल्लाका विभिन्न ठाउँमा पानीको मुहान सुकेको छ । जिल्लामा भूकम्पका कारण ६५० वटा खानेपानीका आयोजनामा क्षति गरेको छ । जसमध्ये अहिलेसम्म जम्मा १० वटा मात्र निर्माण सम्पनन भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीका डिभिजन प्रमुख धु्रवदेव प्रसाद कुमालले बताए । निर्माणका लागि आवश्य बजेट नभएकाले समस्या भएको उनको भनाई छ ।

बिनासकारी भुकम्प पछि जिल्लामा खानेपानीको लागि विभिन्न संघसंस्थाहरुले करोडौँ रुपैया खर्च गरेका छन् । तर पनि सितलपाटीमा सम्बन्धित निकायको ध्यान जान नसक्दा स्थानिय समस्यामा परेका छन् । अहिले सितलपाटीबासी खोलाको पानी खान बाध्य रहेका छन् ।

सितलपाटीमा मात्र हैन जिल्लाका अन्य विभिनन ठाउँका स्थानियबासी अझै पनि स्वच्छ पिउनेपानीबाट बञ्चित रहका छन् । सबै नागरिकलाई पानीको पहुँचमा पुर्‍याउन सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । नागरिकको यो समस्या समाधानका लागि अव स्थानीय गाउँपालिका, नगरपालिका र वडाहरुले बजेट विनियोजन गरि काम गर्नु आवश्यक रहेको म्बन्धित सरोकारवालाहरुले बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement