मध्य भोटेकोसी प्रति स्थानीय थप आक्रोशित , लिखित सम्झौता पूरा गर्न मध्य भोटेकोसी लाई दबाब

अनलाइन दर्पण 2018-07-24
img

मध्य भोटेकोशी जलविद्युत आयोजनाले बिगतका दिनहरुमा गरिएको सम्झौताहरु कार्यान्वयन नगरिएको भन्दै स्थानीयहरु थप आक्रोशित बनेका छन् । 

आयोजनाललार्इ स्थानिय प्रत्यक्ष प्रभावित लगायत बहुपक्षीय रुपमा गरिएका लिखित सम्झौता पूरा गराउन दबाब  स्वरुप स्थानीयले आयोजना स्थलकाे कार्यालयमा तालाबन्दी गरेका हुन् । 

निर्माण कार्य सुरु भएको ५ बर्ष बितिसक्दा पनि अधिग्रहण गरेर आयोजनाले भत्काएको बिद्यालय भवन, स्वास्थ चौकी र कृषि कार्यलयको भवनहरु निर्माण नगरि जनताको स्वास्थ र शिक्षा जस्तो संबेदनसिल कुरालाई बेवास्ता गर्दै अन्य बिबिध सयौं सहमती कार्यान्वयन नगरेको, प्रभाबित छ वटा वडाहरुलाई आयोजनाले सामाजिक उत्तरदायी बिकास सम्बन्धी बजेड बर्षौं देखि नदिएको र स्थानिय स्तरमा गर्न सक्ने काम स्थानियले नै गर्न पाउनु पर्छ भन्दा बाह्रबिसे नगरपालिका वडा नं - ६ गाती निबासी कुमार श्रेष्ठ लाई सुनियोजित तरिकाले प्रशासनले पक्राउ गर्दै आयोजनाकै CEO मनिराम काफ्ले को ढाडो आदेशमा सार्बजनिक मुद्दा समेत दर्ता गर्ने काम भएकोले  स्थानीय प्रभावितहरुले ती सम्झौतालाई हुबहु कार्यान्वयन गराउन र पक्राउ परेका स्थानियलाई बिना सर्त तुरुन्तै रिहा गर्न  माग गर्दै स्थानीय तहको समर्थनमा हिजो २०७५ साउन ६ गत्ते बाट आयोजनामा तालाबन्दी गरेका हुन् ।

सोही कुरालाई लिएर सामाजिक संजाल र केही सञ्चार माध्यमहरुले बिषयलाई तोडमोड गरि गलत तरिकाले समचारहरु सम्प्रेषण गरेको पाईएकोले यस कार्यप्रती हाम्रो गम्भीर आपत्ती रहेको छ । सन्दर्भ र सत्यता नबुझी लेखिएका त्यस्ता बिषयले समाजमा भ्रम मात्रै फैल्याउने काम गर्दछ । यो तालाबन्दी आयोजनाले हिजोको दिनमा सरोकार राख्ने सरोकारवालाहरु संग गरेको लिखित सम्झौताहरुलाई हुबहु कार्यान्वयन हुनु पर्छ भन्ने हो । सत्यतथ्य संदेश आमजनसमाजमा पुर्‍याउनु तपाईं हाम्रो कर्तब्य र धर्म हो । घटनाको बस्तु स्थिती र सत्यता बुझेर मात्रै समचार संप्रेषण गर्न हुन प्रेस तथा पत्रकार मित्रहरुको ध्यानाकर्षण गराउन चाहन्छौं । यसै बिषयलाई लिएर CDO आसराम तमाङले हाम्रो जननिर्वाचित स्थानिय निकय प्रमुख मेयर निमफुन्जो शेर्पा माथी धम्की दिने काम भएको प्रती खेद प्रकट गर्दछौं । साथै पक्राउ परेका स्थानिय कुमार श्रेष्ठ लाई बिनासर्त रिहाई नगरे सम्म आयोजना वा अन्य कुनै पनि पक्ष संग बार्तामा बस्न नसकिने कुरा जारी बिग्यप्तिमा भनिएको छ।

सम्बन्धित समाचार

Advertisement