ठेकेदारसँग घूस लिने गाउँपालिका सुब्बा र लेखापाल अख्तियारको फन्दामा

अनलाइन दर्पण 2018-07-27
img

वीरगन्ज । पर्साको धोबनी गाउँपालिका कार्यालयका लेखापाल र नायव सुब्बालाई गाउँपालिकाको मन्दिर र सडक निर्माण योजनाका ठेकेदारसंग घुस लिंदै गर्दा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका लेखापाल  कृष्णनन्दन राय यादव र नायव सुब्बा एनामुल हक अन्सारीलाई अख्तियारको टोलीले ठेकेदारसंग घुस लिदै गर्दा वीरगन्ज महानगरपालिका १४ पिप्राबाट शुक्रबार नियन्त्रणमा लिएको हो । 

गाउँपालिकाको सन्सारी माई मन्दिरको मर्मत सम्भार गरी पर्खाल निर्माण र सडक ढलानको ठेक्काको  फस्र्योट गर्दा कमिशन वापत लेखापालले ठेकेदारसंग रकम माग गरेका थिए ।

‘ठेकेदारले कार्य सम्पन्न गरी विगत एक महिना देखि ठेक्का रकमका लागि दौडधुप गरिरहेका थिए,’ अख्तियारका एक पदाधिकारीले भने, ‘ठेक्का फस्र्यौटका लागि लेखापालबाट रकम माग भएपछि अख्तियारलाई सूचना आएको हो ।

’ठेकेदारका अनुसार मन्दिरको ठेक्काबाट ४० हजार र सडक ढलानको ठेक्काबाट ७० हजार घूस दिइएका बताइएको छ ।

सम्बन्धित समाचार

Advertisement