बाबुले गरे आफ्नै १७ वर्षीय छोराको हत्या

अनलाइन दर्पण 2018-07-31
img

भक्तपुर साउन १६ । भक्तपुरको लोकन्थलीमा गए राती एक व्यक्तिले आफ्नै १७ वर्षीय छोराको हत्या गरेका छन्।

मोरङको सुनवर्षा नगरपालिका १ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षीय सागर चापागाईंको हत्या गरेका प्रहरीले जनाएको छ।

सँगै सुतेका छोरालाई डिल्लीरामले राती १२ बजे धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। छोराको हत्यामा संलग्न डिल्लीरामलाई प्रहरीले पक्राउ गरेको छ। हत्याको कारण भने खुल्न सकेको छैन।

सम्बन्धित समाचार

Advertisement