ओली सरकारको विरोधमा सडकमा उत्रियाे राप्रपा

अनलाइन दर्पण 2018-08-01
img

काठमाडौं । केपी ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै राप्रपा प्रजातान्त्रिकले काठमाडौमा विरोध प्रदर्शन गरेको छ । 

पशुपति शमशेर राणाकाे  नेतृत्वमा बुधबार मध्यान्ह काठमाडौको माइतीघरमा भेला भई बानेश्वर पुगेर काेण सभा गरेका थिए । सभालाई अध्यक्ष राणासहितका नेताले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले वर्तमान सरकार निरंकुश बन्दै गएको, जनतामाथि अत्याधिक कर बृद्धि गरेको, महंगी नियन्त्रण गर्न नसकेको तथा महिलाहिंशाका घटना न्युनिकरणमा सरकारको ध्यान नपुगेकाले विरोधमा उत्रनु परेको बताए । 

प्रदर्शनमा सहभागि राप्रपा कार्यकर्ताले एकीकृत कर प्रणाली खारेज गर, राज्यकोष माथिको लुट बन्द गर, प्राकृतिक विपद तथा व्यवस्थापन तथा उद्धार तत्काल गर जस्ता प्लेकार्ड बोकेका थिए ।  

सम्बन्धित समाचार

Advertisement