चाँगुनारायणमा स्थानीय पाठ्यक्रम हाम्रो चाँगुनारायण

अनलाइन दर्पण 2019-06-26
img

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम लागु गरेको छ । सोमबार आयोजित एक कार्यक्रम विच नगरपालिकाले नगर भित्रका भौगोलिक अवस्था, पुरातात्विक सम्पदा, कृषि पर्यटन जात जाति पेशा धर्म संस्कार आदि समेटिएको चाँगुनारायण नगरपालिका झल्कने स्थानीय पाठ्यक्रम हाम्रो चाँगुनारायण सार्वजनिक गरेको हो ।

हाललाई कक्षा ६ ,७ र ८ लाई लागु हुने गरी नगरपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो ।
नगर भित्रका सम्पूर्ण विद्यालयले अनिवार्य रुपमा पठन पाठन गर्ने गरि उक्त पाठ्यक्रम लागु गरिएको नगरपालिकाले जनाएको छ ।

आगामी दिनमा अन्य कक्षाहरुलाई पनि पाठ्यक्रम बनाउने काम जारी रहेको नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

स्थानीय पाठ्यक्रम सार्वजनिक शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले गर्नुभएको थियो । पाठ्यक्रम यसै शैक्षिक सत्र देखि नै लागु हुने नगरपालिकाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Advertisement