अपाङ्गता भएकाहरुको हक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनलाइन दर्पण 2019-06-30
img

अंगद यादव/नवलपरासी पश्चिम १५ असार ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिका वडा नं.-९ को आयोजना र नन्दन मिडिया हाउस प्रा.लि. रामग्राम नगरपालिका ३ परासीको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्नका लागि वडाध्यक्षको रुपमा नभई वडा सेवकको रुपमा घर घरमा पुगेर सहयोग गर्ने प्रतिबद्धताको साथ अपाङ्गहरुलाई विभिन्न प्रकारको सिपमूलक तालिम गराएर आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रतापपुर गाउपालिका वडा नं.-९ का वडाध्यक्ष हेमेन्द्र कुमार पंजियार बताउनु भएको थियो ।

नन्दन मिडिया हाउस प्रा.लि.को अध्यक्ष हुसेन अंसारीको अध्यक्षता, वडाध्यक्ष हेमेन्द्र कुमार पंजियारको प्रमुख अतिथित्यता, विशेष अतिथिको रुपमा पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य बेचु गौड, इलाका प्रहरी कार्यालय बेलाटारीको कार्यालयको प्रहरी सहायक निरिक्षक घरभरन गुप्ता तथा वडा सदस्य हरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Advertisement